२०८३ बैशाख ८ गते, मंगलवार १३:१४

१७ हजारभन्दा बढी प्रतिबन्धित औषधिसहित युवक पक्राउ

धरान/सुनसरीको धरान उप–महानगरपालिका–१६ क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि बरामद गर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

गोप्य सूचनाका आधारमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय धरान र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहको संयुक्त टोलीले वैशाख ७ गते सञ्चालन गरेको विशेष कारबाहीमा २० वर्षीय राहुल आचार्य पक्राउ परेका हुन्।

प्रहरीका अनुसार आचार्यको साथबाट  तीन हजार एक सय क्याप्सुल ट्रामाडोल तथा १४ हजार ५० ट्याब्लेट स्पस्पेन गरी कुल १७ हजार १ सय ५० पिस प्रतिबन्धित औषधि बरामद गरिएको छ।

बरामद औषधि गैरकानुनी रूपमा भण्डारण तथा वितरणका लागि राखिएको आशंका गरिएको प्रहरीले जनाएको छ। पछिल्लो समय लागूऔषधजन्य तथा दुरुपयोग हुने औषधिको अवैध कारोबार बढ्दै गएको सन्दर्भमा यो पक्राउलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

पक्राउ परेका आचार्यलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM