२०८२ आश्विन २६ गते, आईतवार १३:०९

उपभोक्ताको स्वास्थ्यमाथि नितेश फूड प्रोडक्ट्सको खेलवाड़, राज्यको राजस्व समेत चुहावट गर्दै, संबन्धित निकाय मौन 

वीरगंज/”उत्पादनमा गुणस्तरीयता, आपूर्तिमा सहजता, उपभोगमा विवेकशीलता” भन्ने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नारालाई नितेश फूड प्रोडक्ट प्रालिले धोती लगाई दिएको छ।

खाद्यान्न लगायतका कुनै पनि उपभोग्य बस्तु बेचबिखन वा उपभोगको लागि उपभोक्तासम्म पठाउनु अघि उपभोग्य सामग्रीको पैकेटमा वस्तुको बिक्री मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोग्य अवधि स्पष्ट रुपमा उल्लेख गरेर मात्र पठाउनु पर्ने अन्तर्राष्ट्रिय मापदण्ड विपरीत सो उद्योगले कुनै पनि कुरा उल्लेख नगरि काजू लगायतका उपभोग्य सामग्री बजारमा बेचबिखनकालागि पठाउने गरेको प्रमाण फेला परेको छ।

बाहिरबाट आयातित काजूलाई आफ्नै कम्पनीको उत्पादन भनि सो उद्योगले मूल्य, बैच, उत्पादन मिति र उपभोग्य अवधि केहि नखुलाई वीरगंज लगायत देशभरी त्यस्ता सामान बेचबिखन गरेर उपभोक्ताको स्वास्थ्य र सम्पत्ती दोहन गरेकै छ, हाकाहाकी राज्यको राजस्व समेत चुहावट गरिरहेको स्पष्ट देखिन्छ।

केहि समय अघि पनि सो उद्योगले यसैगरी राजस्व चुहावट र उपभोक्ता हित विपरीतका उत्पादनहरू बजारमा पठाएको फेला परेपछि करवाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना समेत तिरेका थिए।

नितेश फुड प्रोडक्टले आफ्नै उत्पादन भनि बजारमा पठाएको काजु

स्रोतका अनुसार सो कम्पनीले स्थानीय प्रशासन, उपभोक्ता संरक्षण कार्यालय लगायतका नियमक निकायलाई करवाहीबाट जोगिन मासिक रुपमा भेटि चढ़ाउने गरेका कारण नियमक निकायको नाकै मुनिबाट राज्यको राजस्व छलिसँगै उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्न हौसिएको हो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM