२०८३ बैशाख ६ गते, आईतवार १६:४२

जनकपुरमा अख्तियार पस्यो, घुम्ती शौचालयसहित तीन आयोजनाको फाइल नियन्त्रणमा

जनकपुरधाम/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुरधामस्थित रहेको बृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा छापा मारेर फाइल नियन्त्रणमा लिएको छ।

शनिबार आयोगको कार्यालय बर्दिबासबाट खटेको टोलीले घुम्ती शौचालयको कागजातसहित करिब तीनवटा योजनाको फाइल नियन्त्रणमा लिएको प्रमुख गोपाल कुमार अधिकारीले जानकारी दिए।

उनले आयोगमा विभिन्न उजुरीहरू परेपछि कार्यालयबाट सो सम्बन्धी कागजातहरु माग गरेको बताए।

यस अघि पनि आयोगको कार्यालय बर्दिबासबाट खटेको अख्तियारको टोलीले बृहत्तरद्वारा जानकी मन्दिरमा भएको विद्युतीकरणमा व्यापक अनियमितता भएको भन्दै उजुरी परेपछि छापा हानेर सो सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो। तर सो मुद्दालाई अख्तियारले मुल्तवीमा राखेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM