२०८३ बैशाख ५ गते, शनिबार १३:५८

विमानस्थलबाट ‘गाँजाको तेल’सहित अमेरिकी नागरिक पक्राउ

काठमाडौं । ‘गाँजाको तेल’सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक अमेरिकी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय ओग्नियन पेट्रोभ रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

उनी शुक्रबार (वैशाख ४) दिउँसो करिब १ बजे एयर इन्डियाको विमानमार्फत भारतको दिल्ली जान लागेका थिए । विमानस्थलमा उनको लगेज जाँच गर्दा ‘गाँजाको तेल’ फेला परेको कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिए ।

१.२५ लिटर क्षमताका पाँच बोतलमा ‘गाँजाको तेल’ फेला परेको थियो । त्योसँगै पक्राउ गरेर अमेरिकी नागरिक पेट्रोभलाई लागुऔषध नियन्त्रण ब्युरोको जिम्मा लगाइएको एसपी सिलवालले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM