भैरहवा। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवाबाट घुससहित एक जना कर्मचारीलाई पक्राउ गरेको छ।
स्रोतका अनुसार अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले मालपोत कार्यालय भैरहवाका नायब सुब्बा ओमबहादुर खाम्चा मगरलाई दुईलाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
सर्जमिन मुचुल्काका लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग माग गरको दुई लाख रुपैयाँ घुससहित उनलाई भैरहवा बजारबाट पक्राउ गरिएको विश्वस्त स्रोतले बताएको छ।















