२०८३ असार १६ गते, मंगलवार २०:४९

धीरज सेठ भारतको ३१औँ सेना प्रमुख

एजेन्सी। भारतको ३१औँ सेना प्रमुखको जिम्मेवारी धीरज सेठले सम्हालेका छन्।

वरिष्ठ सैन्य अधिकारी जनरल सेठले मंगलवार नयाँ सेनाध्यक्षका रुपमा कार्यभार सम्हालेका हुन् ।भारतीय समाचार एजेन्सी पीटीआईले समाचारमा उल्लेख गरे अनुसार यसअघिका सेना प्रमुख उपेन्द्र द्विवेदीले ४० वर्षभन्दा बढी समय सेनामा सेवा गरेर आजदेखी अवकाश गएपछि जनरल सेठले कार्यभार सम्हालेका हुन्।

उनको कार्यकाल ३१ अगस्त २०२८ सम्म रहनेछ। जनरल सेठ राष्ट्रिय रक्षा प्रतिष्ठान (एनडीए), खडकवासलाका पूर्वछात्र हुन्। सेठले २० डिसेम्बर १९८६ मा भारतीय सेनामा सेवा प्रवेश गरेका थिए।सना प्रमुखको पद ग्रहण गर्नुअघि उनले सेना उपप्रमुखका रूपमा पनि जिम्मेवारीवहन गरेका थिए।

करिव चार दशकको सैन्य करियरमा सेठले अभियानगत, रणनीतिक, दक्षता विकास र संस्थागत क्षेत्रमा व्यापक अनुभव प्राप्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM