काठमाडौँ/बाँकेको बैजनाथ गाउँपालिका–१, हात्तीसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चार जना घाइते भएका छन्।
मंगलबार अपराह्न रुकुमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे. १ झ. ३६५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो। दुर्घटनामा रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का २४ वर्षीय दिपेश ढकाल, चौरजहारी–१० का २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्। दिपेश एम्बुलेन्स चालक हुन्।
विपरित दिशाबाट आएको गाडीलाई साइड दिने क्रममा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। दुर्घटनामा घाइते चारै जनालाई कोहलपुर मेडिकल कलेजमा भर्ना गरिएको छ। चारै जनाको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।















