२०८३ असार १३ गते, शनिबार २१:०६

पेस्तोल र चार राउण्ड गोलीसहित दुई जना पक्राउ

धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका ९ थापा चोकस्थित एक होटलबाट पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मुखियापट्टी मुसहरनिया गाउँपालिका ४ मुखियापट्टी बस्ने २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका ६ सोनीगामा बस्ने १८ वर्षीय सुधिर मुखिया रहेका छन् ।

चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट काठको बिँड जडान गरिएको ‘‘Eagle Raptor’ लेखिएको पेस्तोल एक थान, सोही पेस्तोलको म्यागजिन एक थान, ९ एमएमका एक राउन्ड र ७.६५ एमएमकेएफका चार राउन्ड गरी पाँच राउन्ड गोली बरामद गरेको हो।

दुवै जनालाई हातहतियारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM