२०८३ असार ५ गते, शुक्रबार १६:१५

राप्रपामा भुइँचालो : तीन पूर्वअध्यक्षले बहिष्कार गरे केन्द्रीय समिति बैठक, १०७ जनाको सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री डा. धवलशम्शेर राणा सहितको समूह बाहिरिए पनि पार्टीभित्रको अन्तरकलह भने अझ समाप्त भएको छैन । राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडा सहित १०७ जनाले आज पार्टी वहिष्कार गरेका छन्। पार्टीका विभिन्न तहमा रहेका नेता तथा कार्यकर्ताहरु सहित १०७ जनाको राजीनामाले तरंगित भइरहेकै बेला आज राप्रपाले दाजेको केन्द्रिय कार्यसमितिको बैठकलाई पार्टीका चारजना सिनियर नेताहरुले आज बसेको केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।

काठमाडौंको एक पार्टी प्यालेसमा बसिरहेको केन्द्रीय समिति वैठकमा पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, डा. प्रकाशचन्द्र लोहनी, कमल थापा र उपाध्यक्ष विक्रम पाण्डे एकसाथ अनुपस्थित बनेका हुन् । अध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले बैठकमा भाग नलिएको स्रोतले बताएको छ ।

हिजो बसेको कार्यसम्पादन समितिको वैठकमा उनीहरुले अध्यक्षको तीव्र आलोचना गरेका थिए । अध्यक्षले सामूहिकतालाई पन्छाएर मनोमानी ढंगले पार्टी सञ्चालान गरिरहेको उनीहरुको आरोप छ । यसअघि डा. राणाको समूहले जे-जस्ता आरोपहरू लगाएर पार्टी त्यागेको थियो, त्यसैलाई अहिले चर्काइएको हो ।

तिन पूर्वअध्यक्षहरुले हिजोको कार्यसम्पादन समिति वैठक पनि बीचमै छोडेर हिँडेका थिए । आफूहरुले बोलिसकेपछि उनीहरू बैठक नसकिँदै हिँडेका हुन् । पाण्डे भने अन्त्यसम्म बसेका थिए ।

अध्यक्ष लिङदेनले शुक्रबार बस्ने केन्द्रीय समिति बैठकमा गत आमनिर्वाचनमा राप्रपाबाट उठेर पराजित बनेका उम्मेदवारहरुलाई पनि सहभागी गराउने प्रस्ताव राखेपछि चारजना नेताहरूले असहमति जनाएको बुझिएको छ । अध्यक्षले ती उम्मेदवारहरूलाई बैठकमा बस्ने तर छलफलमा भाग नलिने गरी सहभागी गराउने बताएका थिए ।

तर, चार नेताहरुले यो विधानविपरीत हुने भन्दै विरोध जनाए । तर, लिङदेन पछि नहटेपछि चार नेताहरूले आज बैठकमा भाग नलिने हिजै संकेत दिएको स्रोतको भनाइ छ । पुर्खाले आर्जेका पार्टी आज एकजना व्यक्तिको कारणले यसरी ध्वस्त हुँदा पार्टीका पुरानो कार्यकर्ताहरूले दुःख पोखेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM