२०८३ असार ४ गते, बिहीबार २१:५४

सर्लाहीमा फर्सीको बीउ बरामद, सशस्त्र र स्थानीयबीच झडप

मलंगवा । सर्लाहीको मलंगवा नगरपालिका–२ कृष्णमन्दिरस्थित सेल्स सप्लायर्सबाट सशस्त्र प्रहरीले जेठ ४ गते दिउँसो ७५ बोरा फर्सीको बीउ बरामद गरेको छ ।

सोही ठाउँ बस्ने नवीनकुमार यादवको दिनकर सेल्स सप्लायर्समा अबैध रुपमा भन्डारण गरी राखिएको फर्सीेको बीउ सशस्त्र प्रहरी बल, नेपाल नं. १० गण सर्लाही, सीमा सुरक्षा गुल्म मलंगवा, बोर्डर आउट पोष्ट खुटौना, नेपाल प्रहरी र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीको विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल नं. १० सर्लाहीको टोलीले जेठ ३ गते राति नै सप्लायर्समा छापा हानेको थियो ।

उक्त सप्लायर्सबाट बीउ बरामद गर्ने क्रममा केही स्थानीयहरु भेला भई ढुंगामुढा गरेका थिए भने सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि १ सेल ग्याँसफायरसमेत गरेको थियो । ढुंगा प्रहारबाट गणको ट्रकमा सामान्य क्षति भएको छ ।

बरामद बीउ सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM