२०८२ मंसिर ९ गते, मंगलवार १८:०९

धनगढ़ी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालको अग्रता

काठमाडौं। कैलाली जिल्लाको धनगढी उपमहागरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता लिएका छन्। हमालले ३०२ मत सहित अग्रस्थानमा रहेका छन्। दोस्रो स्थानमा नेकपा एमालेका रणबहादुर चन्दले १०७ मत प्राप्त गरेका छन्।

गठबन्धनको तर्फबाट साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडले भने जम्मा ८७ मत प्राप्त गरेका छन्।वड निवर्तमान मेयर समेत हुन्।

व्यापारिक पृष्ठभूमिका हमाल अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहेका थिए। त्यो बेला उनले दोस्रो मत प्राप्त गरेका थिए। हमालले यो पटक आफूले मेयर जिते सरकारको कुनै पनि सेवा सुविधा नलिने बताउँदै आएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM