२०८२ फाल्गुन २ गते, शनिबार २०:१३

जसपाका कार्यकर्ताहरूको उत्पातले गठबन्धनलाई घाटा, वीरगंजका मतदाताहरू सरावगीतर्फ आकर्षित हुने संकेत

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २७ वैशाख/ सोमबार राती नगवामा निवर्तमान मेयर विजय कुमार सरावगीमाथि भएको सुनियोजित घटनाले वीरगंजवासीको मथिंगल हल्लाईदिएको छ ।

आफूलाई बाहुबली नेताको नेताको रुपमा वीरगंजबासीहरू समक्ष पहिचान बनाएका राजेशमान सिंह र पर्साका सांसद प्रदीप यादवको जोडीले मच्चारहेको उत्पातले अन्ततः विजय सरावगीलाई नै फाइदा पुग्ने लख काट्न थालिएको छ ।

सांसद यादवले गजेडीले गफ हानेजस्तै कुमारी बैंकमा विजय सरावगीको ५० करोड़ फिक्स डिपोजिटको क़ुरा राखे जसको कुनै प्रमाण भेटीएन, देखिएन ।

सरावगीले यसैगरी रातीराती स्मसानघाटमा पूजा गरेको आधारहीन आरोप सांसद यादव र उनका समर्थकहरूले लगाए, सामाजिक संजालमा व्यापक विरोध हुन थालेपछि राजेशमान र सांसद यादवका समर्थकहरू आआफ्नो फेसबुक वालबाट पोस्ट डिलीट गरे ।

सोमबार राती नगवामा सरावगीले पैसा बाँडन काँग्रेसी नेताको घरमा गएको भनि दुष्प्रचार गरियो ।

गठबन्धनको बलमा चुनाव जित्न खोज्ने राजेशमान र प्रदीप यादवको टोलीले गठबन्धनका सहयात्री नेपाली काँग्रेसमाथि निरन्तर प्रहार गरिरहेका छन् । भोजपुरीमा एउटा उखान छ, “जेकर घुरा तापेके ओकरे …ड दागेके” नेपाली काँग्रेसको बलमा चुनाव जित्न खोज्नेले आफ्ना सहयात्री दल नेपाली काँग्रेसको जसपाका नेताहरुले उछितो काढ्नु कत्तिको जायज हो ? नगरवासीले प्रश्न गरिरहेका छन् ।

सोमबार राती विजय सरावगी एक वैवाहिक कार्यक्रममा सहभागी भई कृष्णा चौरसिया “छोटा डन” राजेशमानका भूपु चेलवाको मोटरसाइकिलमा बसेर घरतर्फ जाँदा १०/१२ वटा मोटरसाइकिलमा उनको पीछा गर्न थालियो । हुन सक्ने हुल हुज्जतबाट जोगिन कृष्ण चौरसियाले नातामा मामा पर्ने विनोद चौरसियाको घरमा शरण माग्न पुगे ।

सुतिरहेका बिनोद चौरसियाले उठेर विजय सरावगीलाई देखेपछि किन आउनु भयो भनि सोध्दा विजय सरावगीले जवाफ फर्काउने नपाउँदै धमाधम बाहिरबाट गेटमाथि लाती हानेर सैयौंको संख्यामा जसपाका समर्थक कार्यकर्ताहरूले नाराबाजी गर्न थाले । जसपाका समर्थक पेड़ मीडियावालाहरू एक पक्षीय समाचार सम्प्रेषण गरि रातभरी मनोरंजन प्रदान गरे ।

विहान हुनासाथ राती गरिएको नाटक मंचनको वास्तविकता जनसमक्ष पुगेपछि गठबन्धन तर्फ रहेको रुझान सरावगी तर्फ देखिन थालेको छ । सांसद प्रदीप यादव र राजेशमान सिंहका “चेला”हरूले गरेको ताण्डव नृत्यको विरुद्ध सरावगीद्वारा आयोजित जुलुशमा व्यापक सहभागिता देखाएर आफ्नो मत प्रकट गरेका छन् ।

घटना सम्बन्धमा विनोद चौरसिया के भन्छन् ? हेर्नुस भिडियो

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM