२०८३ बैशाख ३० गते, बुधबार ०२:३१

दुई दिने सार्वजनिक बिदासँगै विद्यालयमा हिउँदे–बर्से बिदा अब ३० दिन मात्रै

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले हप्तामा दुई दिन सार्वजनिक बिदा लागू गर्ने सरकारी निर्णयअनुसार विद्यालयको पठनपाठन व्यवस्थापनका लागि नयाँ कार्यतालिका जारी गरेको छ ।

केन्द्रले जारी गरेको निर्देशनअनुसार अब विद्यालयमा प्रत्येक दिन १५ मिनेट प्रार्थना समय र ३० मिनेट खाजा समय व्यवस्थापन गर्नुपर्नेछ । यस्तै, सोमबारदेखि शुक्रबारसम्म पूरा समय पठनपाठन तथा सम्बन्धित शैक्षिक क्रियाकलाप सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

केन्द्रका अनुसार शैक्षिक सत्र २०८३ मा हप्तामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न उक्त कार्यतालिका लागू गरिएको हो ।

नयाँ व्यवस्थाअनुसार हिउँदे तथा बर्से बिदाको अवधि साविकको ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको छ ।

यस्तै, पहिलो र दोस्रो त्रैमासिकमा गरिने आन्तरिक मूल्याङ्कन पठनपाठन प्रभावित नहुने गरी सञ्चालन गर्न सकिने तथा अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि शैक्षिक सत्रको अन्तिम १२ दिन उपयोग गर्न सकिने उल्लेख गरिएको छ ।

केन्द्रले स्वीकृत पाठ्यक्रम तथा सिकाइ उपलब्धिका आधारमा विषयगत परियोजना र प्रयोगात्मक कार्य सञ्चालन गर्न पनि विद्यालयहरूलाई निर्देशन दिएको छ । सूचना प्रविधिको प्रयोगमार्फत आवश्यकताअनुसार प्रस्तुतीकरण र परियोजनामूलक अभ्यासलाई समेत प्राथमिकता दिन आग्रह गरिएको छ ।

निर्देशक डा. यमप्रसाद आचार्यद्वारा हस्ताक्षरित उक्त पत्र शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह र विद्यालयहरूलाई कार्यान्वयनका लागि पठाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM