२०८३ बैशाख २८ गते, सोमबार १०:३३

काठमाडौं विमानस्थलमा टर्किस एयरलाइन्सको विमानमा आगलागी, यात्रुको आकस्मिक उद्धार

काठमाडौं । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पड्किएपछि आगलागी भएको छ । घटनापछि विमानमा सवार यात्रुहरूको आकस्मिक उद्धार गरिएको छ ।

प्रारम्भिक जानकारीअनुसार अवतरणका क्रममा विमानको एउटा टायर विस्फोट भएको थियो । टायर फुटेलगत्तै पाङ्ग्राको भाग तथा इन्जिन नजिकबाट आगो र धुवाँ निस्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

विमानस्थल नजिकै रहेका पाइलट बेद उप्रेतीका अनुसार टायर विस्फोटपछि विमानको तल्लो भागबाट धुवाँसहित आगो देखिएको थियो । त्यसपछि चालक दल र विमानस्थल प्रशासनले उच्च सतर्कता अपनाउँदै यात्रुहरूलाई नियमित ढोकाबाट नभई ‘इमर्जेन्सी स्लाइड’ प्रयोग गरी सुरक्षित रूपमा बाहिर निकालेका हुन् ।

घटनापछि केही समय विमानस्थल क्षेत्र तनावग्रस्त बनेको थियो । यद्यपि, सबै यात्रु सुरक्षित रहेको जनाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको विमानस्थल स्रोतले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM