२०८३ बैशाख १४ गते, सोमबार १९:२४

भन्सार नियमावली स्वीकृत, व्यापार सम्झौता कार्यान्वयनमा सहजता

काठमाडौँ /सरकारले भन्सार नियमावली, २०८३ लाई स्वीकृत दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले ऐन जारी भएको ९ महिनापछि नियमावली स्वीकृत गरेको हो। भन्सार ऐन गत भदौमा संशोधन भएर कार्यान्वयमा गएको थियो।

अब नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा जानेछ।

नयाँ नियमावली आएसँगै विश्वव्यापार संगठन र अरु अन्तराष्ट्रिय व्यापारीक संगसंगठनले तोकेको मापदण्ड लागू गर्न बाटो खुलेको छ।

नियमावलीले नेपालले पक्ष राष्ट्र भएर गरेरका व्यापार सम्बन्धी सम्झौतालाई कार्यान्वयन गर्न सहजता प्रदान गर्ने अर्थमन्त्रालयले जनाएको छ।

अघिल्लो सरकारकै पालामा नियमावली स्वीकृतिका लागि पेश भए पनि केही ढिलो गरी मन्त्रिपरिषदबाट पारित भएको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM