२०८३ बैशाख १४ गते, सोमबार १९:२५

नारायणदत्त पौडेल बने सशस्त्र प्रहरीको आईजीपी

काठमाडौं/सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त गरेको छ।

नेपाल सरकारका प्रवक्ता एवम् शिक्षा मन्त्री सस्मित पोखरेलले पौडेललाई सशस्त्रको तेह्रौँ आईजीपीमा नियुक्त गरिएको जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी)पौडेललाई बिदा भएका राजु अर्यालको स्थानमा प्रहरी महानिरीक्षक (आइजिपी) नियुक्त गरेको हो ।

अर्याल आगामी १८ वैशाखमा ४ वर्षे कार्यकाल पूरा गरेर घर फर्किँदैछन् । नवनियुक्त आईजीपी पौडेल १८ चैत २०५४ मा प्रहरी निरीक्षक पदमा नेपाल प्रहरीमा सेवा प्रवेश गरेका हुन् ।

०५८ सालमा सशस्त्र प्रहरी बल गठन भएपछि एक पद बढुवा भएर उनी डीएसपीमा समायोजित भए ।

सशस्त्र महानिरीक्षकमा उनकै ब्याचका एआईजी वंशीराज दाहाल र त्यसपछिका गणेश ठाडा आकांक्षी थिए ।

तर, बालेन्द्र शाह नेतृत्वको सरकारले वरिष्ठता र ज्येष्ठताका आधारमा पौडेललाई आईजीपी बनाएको हो ।

पौडेल यसअघि ६ जेठ २०७९ मा एआईजीमा भए । उता दाहाल पौडेलभन्दा ५ महिनापछि असोज २८ मा एआईजी भए ।

अबको प्रहरी नियमावलीमा ३० वर्षे उमेर हद यथावत रहँदा पौडेलको कार्यकाल करिब २३ महिनाको हुने पक्का छ ।

नियमावलीमा वर्तमान व्यवस्था संशोधन भएर ३२ वर्षे उमेर हद कायम भएमा उनको कार्यकाल थप दुई वर्ष लम्बिने निश्चित छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM