२०८३ बैशाख ३० गते, बुधबार ०६:४५

तान्त्रिकको सल्लाहमा रामनवमीको विदाका दिन बालेनको सपथ

काठमाडौं। फागुन २१ गते सम्पन्न निर्वाचनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकार गठनको तयारीमा छ। झण्डै दुई तिहाइ बहुमत प्राप्त रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउने तयारी छ।

बालेनले हेरेको साइत अनुसार चैत्र १३ गते रामनवमीका दिन उनले प्रधानमन्त्रीको सपथ लिँदैछन्। सो दिन सरकारले सार्वजनिक विदा दिएको छ। सरकारले रामनवमीका दिन सार्वजनिक विदा दिने गर्दछ।

बालेन निकट स्रोतका अनुसार उनी आफैं पनि चिना र साइत हेर्नेगर्दछन्। त्यसमा पनि उनी एकजना तान्त्रिकलाई हेराएरमात्र यस्ता निर्णय गर्नेगर्दछन्। ती तान्त्रिकको सल्लाह अनुसार नै बालेनले प्रधानमन्त्रीको सपथ लिने तयारी गरेका हुन्।

यसअघि विदाका दिन राष्ट्रपतिले कुनै पनि प्रधानमन्त्रीलाई सपथ गराएका छैनन्। विदाको दिन राष्ट्रपति कार्यालयले काम गर्छ कि गर्दैन, बालेनको सपथका लागि राष्ट्रपति कार्यालय खुल्छ कि खुल्दैन भन्ने विषयमा राष्ट्रपति कार्यालयले केही बचाउन चाहेन।

 

बालेन आफैं र तान्त्रिकको सल्लाहमा रामनवमीको दिन सथप लिने जुराएकाले पनि राष्ट्रपति रामचन्द्र पौडेलले सो दिन सपथ गराउन सक्ने बताइएको छ।

स्रोतका अनुसार ती तान्त्रिककै सल्लाह अनुसार बालेनले कालो कपडा लगाउने गरेका हुन्।

कुनै पनि तान्त्रिकले कालो चिजलाई प्रिय मान्छन्। बालेनले अधिकांश समय कालै कपडा लगाउने गरेका छन्। रास्वपाको चुनावी प्रचारमा देशदौडाहा गरेका बालेनले कालै कपडा लगाएका थिए।

कालो टोपी, कालो चश्मादेखि कालै कपडा लगाउने गरेका बोलनले प्रधानमन्त्रीको सपथ लिँदा कस्तो रङको कपडा लगाउँछन् हेर्न बाँकी छ। (साभार : डिसी नेपाल )

प्रतिक्रिया लेख्नुहोस्

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

मैत्री पुल तनाव: पत्रकारको मोबाइल खोसिएको आरोपमा सशस्त्र प्रहरीको स्पष्टीकरण, रिक्सा चालक पक्राउ

-जलेश्वर सरार्फ वीरगंज/वीरगन्जस्थित नेपाल–भारत सीमाक्षेत्रको मैत्री पुलमा सोमबार साँझ उत्पन्न

Live

Listen Live FM