२०८३ बैशाख ६ गते, आईतवार १५:५४

काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो, पाँचको मृत्यु

काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको पोल्थली जाँदै गरेको यात्रुबाहक बस तामाकोशीमा खसेको छ । मंगलबार बिहान काठमाडौंबाट यात्रु बोकेर गएको उक्त बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको ५९७५ नम्बरको बस त्रिवेणी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनापछि स्थानीय र प्रहरी उद्धारमा खटिएका छन् । हालसम्म६ जनाको उद्धार गरिएको छ।

रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा उक्त दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM