२०८३ बैशाख २३ गते, बुधबार ०१:०७

सशस्त्रका डिआईजी अवकाशमा जाँदै

काठमाडौं । सशस्त्र प्रहरी बलका तीन जना नायब महानिरीक्षक (डीआईजी)हरू आज राति १२ बजेपछि अनिवार्य अवकाशमा जाने भएका छन् ।

ठीक एक वर्षअघि आजैका दिन एक वर्ष म्याद थप भएका चार जना डीआईजीमध्ये तीन जना चार जोड एकको पदावधि सकिएर अवकाशमा जाँदै गर्दा एक जना भने भावी नेतृत्वको दाबेदार बनेका छन् ।

आज राति अवकाशमा जाने डीआईजीहरूमा सशस्त्र प्रहरी बल प्रधान कार्यालय कार्यविभागमा कार्यरत कमल गिरी, मानवस्रोत विभागमा कार्यरत कुलबहादुर नेम्वाङ र स्टाफ कलेजका शम्भु सुवेदी छन् ।

त्यसबेला म्याद थप भएका गणेशबहादुर ठाडामगर भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी) मा बढुवा भइसकेका छन् । उनले आफूलाई भावी नेतृत्वको प्रबल दाबेदारका रूपमा उभ्याइसकेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM