२०८३ बैशाख २३ गते, बुधबार ०२:४०

भीमफेदी सुमो दुर्घटनामा ६ जनाको मृत्यु

हेटौंडा/मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरिखेतमा सुमो दुर्घटना परेकामध्ये ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ९ जना घाइते भएकोमा उपचारका क्रममा ६ जनाको मृत्यु भएको हो।

आइतबार साँझ साढे ५ बजे भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM