२०८३ बैशाख १७ गते, बिहीबार ०७:१०

‘महाभारत’ मा कर्णको भूमिका निभाएका पंकज धीरको निधन

काठमाडौं । प्रसिद्ध हिन्दी तथा पञ्जाबी फिल्म अभिनेता पंकज धीरको मुम्बईमा निधन भएको छ। उनको उमेर ६८ वर्षको थियो।

१९८८ मा दूरदर्शनमा प्रसारित बीआर चोपडाको टिभी धारावाहिक ‘महाभारत’ मा कर्णको शक्तिशाली भूमिकाबाट उनले लोकप्रियता हासिल गरे।

फिल्म र टिभी कलाकारहरूको संस्था सिन्टाका अध्यक्ष अमित बहलले फोन मार्फत बीबीसी हिन्दीलाई उनको मृत्युको पुष्टि गरे।

उनको निधनमा संस्थाले समवेदना प्रकट गरेको छ।

पंकज धीर पछिल्ला केही महिनादेखि बिरामी थिए, तर मृत्युको कारणबारे अहिलेसम्म कसैले पनि कुरा गरेका छैनन्।

पंकज धीरको अन्तिम संस्कार बुधबार साँझ ४:३० बजे मुम्बईको विले पार्लेस्थित श्मशान गृहमा गरिनेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM