२०८३ बैशाख १७ गते, बिहीबार ०४:०५

नवलकिशोर साहले मन्त्री पदबाट राजीनामा दिए

काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्।

हिजो सम्पन्न जेन-जी आन्दोलनमा प्रहरीको गोली लागी १९ युवाको ज्यान गएर ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले यस्तो निर्णय गरेका हुन्। दिल्लीमा उपचाररत साहले एक विज्ञप्ति जारी गर्दै आफूले नैतिक कारणले पदमा रहन नसक्ने उल्लेख गरेका छन्।

उनले भनेका छन्, “युवाहरूको रगतले लतपतिएको कुर्सीमा बसिरहनु नैतिकताविपरीत ठान्दै मैले राजीनामा गर्ने निर्णय गरेको छु। मेरो कदमले घाइते युवाहरूको पीडा कम त गर्न सक्दैन, तर कम्तिमा यो बलिदानीको सम्मान गर्ने सानो प्रयास अवश्य हुनेछ भन्ने विश्वास लिएको छु।”

साहले छिट्टै नै दिल्लीबाट औपचारिक राजीनामा पत्र पठाउने पनि बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM