काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले बिगोबापत बैंक जमानतमा रिहाइको माग गर्दै दायर गरेको निवेदनमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीसँग कैफियत प्रतिवेदन बुझाउन निर्देशन दिएको छ।
न्यायाधीश सागर बिष्टको इजलासले शुक्रबार जिल्ला अदालतलाई प्रतिवेदन पेस गर्न आदेश दिएको हो। यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले लामिछानेको निवेदन खारेज गरेका थिए।
जिल्ला अदालतले लामिछानेमाथि तोकिएको बिगोको परिमाण अझै निश्चित नभएकाले जमानतमा रिहाइ दिन नमिल्ने निर्णय गरेको थियो।
















