२०८३ बैशाख २५ गते, शुक्रबार ०५:५५

रवि लामिछाने उच्च अदालतमा, रूपन्देही अदालतको आदेशविरुद्ध रिट दर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रूपन्देही जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन्।

लामिछानेले बिगो बुझाएर रिहा गर्न माग गर्दै जिल्ला अदालतमा दिएकाे निवेदन न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले अस्वीकृत गर्दै थुनामै पठाउने आदेश दिएको थियो। त्यसपछि उनले सो आदेशविरुद्ध उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा रिट निवेदन दर्ता गरेका हुन्।

सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा लामिछानेलाई गत चैत २५ गते पक्राउ गरी रूपन्देही कारागारमा राखिएको थियो। केही दिनअघि उनलाई नख्खु कारागार, काठमाडौंमा सारिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM