२०८३ बैशाख १७ गते, बिहीबार ०३:१७

डडेल्धुरामा भरुवा बन्दुकसहित एक पक्राउ, अर्का फरारको खोजी जारी

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–४ रज्यौडाबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको टोलीले मंगलबार साँझ स्थानीय दीपक सिजालीको घर तलासी गर्दा एक थान भरुवा बन्दुक बरामद गरी उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै, प्रहरीले सोही ठाउँमा बस्ने गगन बोहराको घरमा पनि तलासी गर्दा अर्को एक थान भरुवा बन्दुक फेला पारेको छ। तर बोहरा भने हाल फरार रहेको र उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका सिजालीविरुद्ध र फरार बोहरासम्बन्धमा आवश्यक अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM