२०८३ जेष्ठ ४ गते, सोमबार १७:२७

रास्वपा पर्सा क्षेत्र १ र २ को सभापतिमा रामर फैयाज

वीरगंज, २८ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी पर्सा १ र २ को क्षेत्रीय सभापतिमा राम आर्य र फैयाज मियाँ चुनिएका छन् । बुधवार वीरगंजको गेट्वे होटलमा सम्पन्न क्षेत्र १ र २ को क्षेत्रीय भेलाले आर्य र मियाँलाई क्रमशः १ र २ को क्षेत्रीय सभापतिमा चयन गरेको हो ।
भेलाले क्षेत्र १ मा राम सुन्दर आर्यको सभापतित्वमा ७ सदस्यीय समिति गठन गरेको छ । समितिको उपसभापतिमा पम्फा गिरि, श्याम बाबू गुप्ता सचीवमा कासिम मियाँ र सदस्यहरूमा रामहरी उपाध्याय, बबिता कुमारी धोबी र नन्दन बानियाँ रहेका छन । त्यसैगरी क्षेत्र २ मा फैयाद मियाँको सभापतित्वको समितिमा उपसभापति परितोश द्विबेदी, शान्ति ढकाल, सचिवमा किशन साह र सदस्यहरूमा बिजय यादव, अमित शाह र प्रमोद कुमार उपाध्याय चुनिएका छन । रास्वपा पर्साका सभापति हरि पन्तले छिट्टै नै पर्साका बाँकी रहेका क्षेत्र न ३ र ४ पनि गठन गरेर चारै वटा क्षेत्रलाई पूर्णता दिइने बताए । सभापति पन्तले जिल्लाका शिक्षित र बौद्धिक बर्गहरू रास्वपामा जोडिने क्रम तीब्र रहेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM