२०८३ बैशाख ६ गते, आईतवार १५:३८

हाँसोभित्रको राजनीति र समाजको पोल

गाईजात्रा विशेष २०८२

लाैजा मैले पनि काेर्दै मेट्दै फेरि काेर्दै झटाराे हाने ।

घर घर कि काहानी नेपालका सबै नारी महारानी

न आफ्नाे न अर्काकाे फसाउँछन छानी छानी

टिकटकमा उताउलाे उताउलाे भिडीयाे पाेष्ट गर्ने बानी

कसैले कमेन्ट गरे गर्जीन्छन् आफै सती साबत्री भनी

घर घरकाे कथा नेपालका पुरूष सबै बाठै बाठा

पाए सम्म साना ठुला कसैलाई नछाेडी बन्छन नाठा

समाजीक संजालमानै घर गृहस्थी समाल्ने आदिपुरूष भाका

कसैले थाहपाई हाले कुना बसी सुनाउछन एक अर्काका ब्यथा

देश बनाउँछाै भन्ने दलहरू बाेक्छन धारिलाे छुरा

५०ओेै बर्ष सम्म सुनीदिनु पर्ने यी थाेत्रा बुढाका कुरा

गतिलाे नेता छान्ने भन्दा भन्दै उमेर हुन्छ पुरा

नयाँ भनी आएका सबै यीनीहरूलाई लाग्छ भुरै भुरा

परिवर्तनका लागि क्रान्ति गर्नेले आफ्नै मात्र परिवर्तन गरे

साताै पुस्तालाई पुग्ने गरि देश बिदेशमा सम्पत्ति भरे

नँया नेपाल भन्दै भन्दै भड्खालाेमा हाल्ने बीउ छरे

ब्यक्ति ब्यक्तिकालागि कानुन बनाउने याे कस्ताे नीति

अपराधी बनाउने अनि जाेगाउने पनि हाम्रो राजनिति

 न्याय पाउन सर्वाेस लुटाउनु पर्ने याे कस्ताे परिस्थित

देशै भर किन फैलाउँदै छाै याे कुसंस्कार वाला ब्यथीती

राताे राम्रो गुलियाे मिठाे,हाम्रो संस्कार संस्कृती

देश हाक्ने ८०बर्षे ठिटाे,अनि बढ्दैनत बिकृती र बिसंगती

भाषण मात्रै सुनाएर बाँडछन सुख शान्ती

यीनीहरूकाे माेज मस्तीलाई जनताले थाप्छन छाती

सत्ता हत्याउने दाउँमा चाेचाे माेचाे मिलाउने

आफुले नपाए सम्म शासन ब्यबस्थानै उल्टाउने

जे जसरी हुन्छ साेझा साझा जनता नै झुक्याउने

आफ्नाे कर्तुत लुकाउन एक अर्कालाई नङग्याउने

फाईल माथी फाईल खाेली खेल्छन् कबड्डी घरी घरी आराेप पनि के के हुन संसदमै सुनाउँछन थरी थरी

आफ्नाे कुरा तल परे उठ्दै बस्दै लाउँछन् नारा वरी परी

माखाे मार्नु केही छैन तलब भत्ता बुझछन् हस्ताक्षर गरि

बाेल्नेकाे पिठाे बिक्छ, नभएका काण्डै काण्ड झिक्छ

पद र पैसा मिलेपछि , गाेरू पनि साँडे भन्दै आफै बिक्छ

बाेली पनि कति मिठा , उखान टुक्का सबै मिल्छ

पाए सम्म देशै बेची , एक्लै आफै सबै घिच्छ

नेपाल रहे नेपाली रहन्छ भन्ने कता कता गए

शहर पस्ने नेताहरू सबै जना चाेरै चाेर भए

गन्ने मान्ने भनाउदाकाे अपराधकाे जय जय

लुटी लुटी खाने हाे , यहाँ कसलाई के काे भय

उल्टाउने,पल्टाउने,गलहत्याउने याे कस्ताे षडयन्त्र

गनाउने,कुहीयाउने,झिकाउने याे कस्ताे गणतन्त्र

यत्र तत्र सर्बतत्र जनता झुकाउने याे कस्ताे राज्यतन्त्र

लुट, झुट, चुट, छुट ,भुट यही हाे सबींधानकाे मुल मन्त्र

शासनलाई रासन ठान्नेहरू याे कस्ताे अनाैठाे विधि हाे

भाषणलाई बिकास भन्नेहरू याे कस्ताे बनावटी निति हाे

आसनलाई सिंहासन ठान्नेहरू याे कस्ताे कुर्सी हाे

आलाे पालाे गराै भन्नेहरू याे कस्ताे बुर्कुषी हाे

अन्य देसमा याेजना बन्छ देश बनाउनका लागि

नेपालमा याेजना बन्छ भ्रष्टाचार बढाउनका लागि

विभिन्न मुद्वा उठाउँछन केवल आफू बचाउनका लागि

साम दाम दण्ड भेद लगाउँछन प्रतिषाेध लिनकालागि

अलंकार,अंहकार र बलत्कारलाई फरक नदेखेनेहरू

ब्यबिचार,दुराचार र भ्रष्टाचारलाई पाेल्टामा राख्नेहरू

बहिष्कार ,त्रिरस्कार र कुसंस्कारलाई कर्म मान्नेहरू

आचार, बिचार र सदाचार सिकाईदेउन ऐ जान्नेहरू

पहिले पहिले काले काले मिलेर खान्थे भाले

आजभाेली पाएसम्म एक्लेै खान्छ साले

मिलेर खाँदा संगठन मजबुत छ भन्थे बाले

एक्लै खाँदा संगठन कमजाेर भयाे भन्छन् झाेले

ताताे पिराे हुने नायक नायीका चिसाे अमिलाे भाछन

छेउ न टुप्पाे नमिलेकाे गित गायक गायीकाले गाछन

खकार कस्काे भनीकन चिन्न नसक्ने पत्रकार भाछन

कर्म के हाे नबुझीकन अधिकारकर्मी हु भन्दै आछन

झुटाे बाेल्ने र झुट बिकाउनेहरूकाे पेशा वकालत

न्याय समेत दलकाे ठेक्कामा लगाउने हाम्रो अदालत

हेरैकै भरमा राेगी पत्ता लगाउने चिकित्सककाे आद्वत

कील्नीक चलाएकै छन् अस्पतालमा आन्दाेलन गरे बापत

शिक्षकहरूलाई आफ्नै चिन्ता बिधार्थी बिदेश गए हुने

शिक्षा दीक्षा आफ्नै झाेलामा सेवा सुबीधा बढाए हुने

सडकमै आई नाचगान गरि अधिकारका लागि लडेका भन्ने

यस्ताकाे शिक्षाले कहिले बिधार्थी कर्णधार बन्ने

सानाे चित्त भएका जति नेपालका उधाेगपति

विश्वमानै कहलिएका धेरै छन् यहि देशमा अरबपति

अरबाै खरबाै सम्पती थुपारेर मात्रै के गर्छाै मरे पछि

मान सम्मान ईज्जत भन्दा ठुलाे हाेईन हई सम्पती

धर्मका नाममा अन्धविश्वास फैलाउने हे धर्मभिरूहरू

अन्धकारमा रूमल्लीरहेछन बाेल्ननसक्ने ती भक्तहरू

पाप र धर्मकाे ठेक्का लिएका हे पाखण्डी स्वघाेषीत महाराज

तिम्रा पुजा पाठ र भजनले कलीयुगमा कतै गर्ने छैन राज

आडम्बरकाे खाेल ओढी, कति चुस्छाै जनताकाे बाेली

जुनसुकै पेशामा भए पनि देखाउ जनतालाई ईमानदारी

संस्कार र संस्कृती रहीरहे नेपाली भनी गर्व गराैला भाेली

बेलैमा नसाेचे रून पनि पाउने छैनाै बसी नेपालीभरी

सुन्नेलाई पहिलाकाे जस्ताे छैन सुनकाे माला

सुन्ने नसुन्ने दुबैकाे बनाउने हाे राताे छाला

भन्नेलाई पनि छैन यसपाली फुलकाे माला

जस्ले याे कुरा दाेर्याउछ बनाउने हाे त्यसकाे राताे गाला

यति कुरा सुने पछि तपाईहरूकाे बुद्धि आउला कि नआउला

थाहा छैन अब याे कुरा वैकुण्ठ निवासीले पाउला कि नपाउला

– राजु वैकल्पिक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM