२०८३ बैशाख १८ गते, शुक्रबार २२:४१

आनन्द कुमार यादवलाई थाईल्याण्डको दोस्रो IPA पुरस्कार

बैंकक (थाईल्याण्ड)/ ऋत एकेडेमीका प्राचार्य तथा हिसान बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष आनन्द कुमार यादवलाई थाईल्याण्डमा आयोजित दोस्रो IPA (International Professional Achievement) पुरस्कार बाट सम्मानित गरिएको छ।

उक्त पुरस्कार बैंककस्थित Universal Institute of Professional Management (UIPM) को आयोजनामा संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) अन्तर्गत प्रदान गरिएको हो। UIPM संस्था Asia Pacific Quality Network (APQN), United Nations Global Compact, तथा Higher Education Sustainability Initiative (HESI) का सदस्य संस्थाहरू मध्ये एक हो।

थाईल्याण्डको Knowledge and Innovation for Future Foundation (KIFF) को पहलमा सम्पन्न कार्यक्रममा श्री यादवलाई संस्कृति तथा शिक्षा क्षेत्रकाे क्षेत्रमा पुर्‍याएको विशिष्ट योगदानका लागि सम्मान गरिएको आयोजकले जनाएका छन्।

शिक्षाविद्, उद्यमी तथा खेलकुद प्रवर्द्धनमा सक्रिय व्यक्तित्वको रूपमा परिचित श्री यादवको नेतृत्वमा ऋत एकेडेमी शिक्षामा नवप्रवर्तन र गुणस्तरीय शिक्षाको प्रतिमानको रूपमा स्थापित भएको छ। त्यस्तै, हिसान बागमती प्रदेश अन्तर्गत उहाँको सक्रिय भूमिकाले संस्थागत समन्वय, नेतृत्व क्षमता अभिवृद्धि र विद्यार्थी सहभागितामा उल्लेखनीय प्रगति ल्याएको छ।

उक्त पुरस्कारले शैक्षिक क्षेत्रमा उहाँको योगदानसँगै सांस्कृतिक पहिचानको संरक्षणप्रति उहाँको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय मान्यता दिएको आयोजक संस्थाको भनाइ छ।

शिक्षा, संस्कृति र नेतृत्वका विविध आयाममा गरिएको योगदानको सम्मानस्वरूप प्राप्त यो पुरस्कारले सम्पूर्ण नेपाली शैक्षिक समुदायलाई थप प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM