२०८३ असार १३ गते, शनिबार ०९:०५

जनचाहनाअनुसार विद्युत विकासको लक्ष्य प्राप्तीमा सक्रिय रहन ऊर्जामन्त्री खड्काको आग्रह

काठमाडौँ, ११ साउन
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत विकासको लक्ष्य प्राप्तीमा सबैले समन्वय र समर्पणका साथ काम गर्नुपर्नेमा जोड दिएका छन्।

सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१ औँ वार्षिकोत्सवका अवसरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खड्काले भनिन्, “हामीसँग स्रोत छ, चुनौती पनि छ। यदि हामी मिलेर काम गर्‍यो भने विद्युत क्षेत्रमार्फत मुलुकको विकासको लक्ष्य प्राप्त गर्न सक्छौं।”

मन्त्री खड्काले समयानुकूल विद्युत क्षेत्रमा गुणस्तरीय सुधार र विकासको महत्त्वपूर्ण आवश्यकता रहेको बताउँदै, छिमेकी मुलुक भारत र चीनको तीव्र विद्युत विकासका उदाहरणलाई नेपालका लागि सन्देशको रूपमा प्रस्तुत गरे। उनले नेपाल विद्युत प्राधिकरणलाई सामुदायिक विद्युत सङ्घहरूको दायित्व हस्तान्तरण गर्ने पक्षमा पनि धारणा व्यक्त गरे।

“सामुदायिक विद्युत सङ्घहरूले द्धन्द्धकालमा नेपालका दूरदराजका क्षेत्रहरूमा विद्युतीकरणको काम गरेका थिए, त्यसका लागि उनीहरूको योगदानलाई उच्च सम्मान गर्दै, हामी सबै जिम्मेवार भएर मुलुकको विकासमा लाग्नुपर्छ,” मन्त्री खड्काले भने।

कार्यक्रममा पूर्व उर्जामन्त्री दिपक ज्ञवाली, विद्युत नियमन आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल, उर्जा सचिव सुरेश आचार्य, र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतका वक्ताहरूले सामुदायिक विद्युत उपभोक्ता महासङ्घको भूमिकाको प्रशंसा गरे।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले महासङ्घले देशभरका ३०० भन्दा बढी सामुदायिक संस्थाहरूसँग मिलेर करीब ६ लाख घरधुरीमा विद्युतको पहुँच विस्तार गरेको जानकारी दिए। उनले दुई अर्ब रुपैयाँ संकलन गरी विद्युत संरचना निर्माणमा योगदान पुर्याएको पनि उल्लेख गरे।

कार्यक्रमको दौरान सामुदायिक विद्युतीकरणमा उल्लेखनीय योगदान पुर्याउने विभिन्न संस्थाहरू र सञ्चारकर्मीलाई सम्मानित गरियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM