२०८३ बैशाख २० गते, आईतवार १२:५९

माओवादीले जडीबुटी कम्पनीमा आगो लगाएको ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गत चैत १५ गते कोटेश्वर र जडीबुटी क्षेत्रमा राजवादीले आगो लगाएको नभइ माओवादीले आगो लगाएको दाबी गरेका छन् ।

बल्खुमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै शाहीले त्यसदिन राजावादीबीचमा घुसपैठ गरेर आगजनी गरिएको बताएका हुन्। ‘जडीबुटी कम्पनीमा आगो लगाउने माओवादी कार्यकर्ता रहेको पुष्टि भइसकेको छ। राजाबादीले आगो लगाएका होइनन्,’ उनले भने।

अहिलेका गणतान्त्रिक दलहरू एकपछि अर्को काण्डमा पर्दै गएको उनको आरोप छ। ‘काण्डमा पर्दै गएकाहरू एक दिन जेल जाने छन्। प्रदर्शन गरेकै आधारमा हाम्रा नेतालाई थुनिएको छ। हामी यो व्यवस्था पल्टाएर छाड्ने छौं,’ उनले भने।

उनले यो देश राजसंस्था र जनताले आर्जिएकाले गणतन्त्रबादीले धेरै फुर्ति लगाउन नहुने चेतावनी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM