२०८२ आश्विन २६ गते, आईतवार १०:४१

योगमाया विश्वविद्यालयलाई सरकारले प्राथमिकतामा राखेको छ : मन्त्री खड्का

काठमाडौं /ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आयुर्वेद क्षेत्रको विकासका लागि सरकारले विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्।

विदुषी योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयको दीर्घकालीन गुरुयोजना तर्जुमाका लागि आयोजित राष्ट्रिय परामर्श गोष्ठीमा उनले आयुर्वेद क्षेत्रको विकासका लागि योगमाया हिमालय आयुर्वेद विश्वविद्यालयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।

‘हिमालय र आयुर्वेद क्षेत्रको आफ्नै सम्बन्ध छ, सङ्खुवासभा लगायतका जिल्लाहरू जडीबुटीको केन्द्र भएकाले यसलाई सही प्रयोग गर्न यस्ता विश्वविद्यालयले सहयोग पुग्नेछ’, उनले भने। मन्त्री खड्काले विदुषी योगमायाले आफ्नो समयमा गरेको क्रान्तिकारी कामलाई आयुर्वेद विश्वविद्यालयमार्फत सरकारले सम्झन लागेको उल्लेख गरे। उनले विश्वविद्यालयका लागि चाँडो नै कर्मचारी व्यवस्थापन हुने समेत बताए।

ऊर्जामन्त्री खड्काले सरकारले ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए। उनले ऊर्जा क्षेत्रमार्फत गरिब तथा विपन्न नागरिकलाई सम्पन्न बनाउन सकिने बताउँदै सरकारले त्यस्ता नागरिकका लागि जलविद्युत् क्षेत्रमार्फत दुई लाखदेखि पाँच लाख रुपैयाँसम्मको शेयरको व्यवस्था गर्न लागेको उल्लेख गरे।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM