२०८३ असार १५ गते, सोमबार १९:३६

सशस्त्र प्रहरीद्वारा मध्यरातमा एक सय २० किलो गाँजा बरामद

चन्द्रसूर्य समाचारदाता/
बारा, २० फाल्गुण/ सशस्त्र प्रहरी बल नेपालको टोलीले बाराबाट एक क्विन्टल २० किलो प्रतिबन्धित गाँजा बरामद गरेको छ ।

शुक्रबार राती १० बजेको समयमा देवताल गापा-७ पिपरपाती पसहाखोला स्थित सीमा क्षेत्रमा बिओपी दक्षिण झिटकैयाबाट सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्र बहादुर एस्लामी मगरको कमाण्डमा खटेको ६ जनाको टोलीले नेपालबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको १२० किलो गाँजा सोही स्थानमा छोडेर व्यक्तिहरू फरार भएपछि सो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो ।

बरामद गरिएको उक्त गांजा बोर्डर आउट पोस्ट दक्षिण झिटकैयामा राखिएको डीआईजी मगरले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM