२०८३ बैशाख ७ गते, सोमबार १४:१५

बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

१३ चैत, काठमाडौं। बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुनेहरुमा तत्कालीन अध्यक्ष रोकाया, तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्ल्कालीन लेखापाल मदनराज जोशी, उक्त गाउँपालिकाको ४ नम्बर वडा अन्तर्गतको सिम्लका घट्ट सिंचाई कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरुले सिम्लका घट्ट कुलो सिचाँई निमार्णमा आर्थिक वर्ष २०६७/७७ मा रकम विनियोजन गरी कार्यसम्मपन गरेका थिए ।

सोही कामलाई आधार मानि आर्थिक वर्ष २०७७/७८ मा कुनै पनि काम नगरी भुक्तानी लिई अनियमितता परेको पाइएको अख्तियारले जनाएको छ ।

उनीहरुविरुद्ध जनही १४ लाख ८ हजार ८१७ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM