२०८३ बैशाख २० गते, आईतवार १८:४५

वडाध्यक्ष चतुर्वेदी र ट्रान्सपोर्ट व्यवसायी पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी

वीरगंज/ वीरगंज महानगरपालिका वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीसहित ट्रान्सपोर्ट व्यवसायी बालकृष्ण पोखरेल विरुद्ध पक्राउ पूर्जी जारी भएको छ।

वीरगंज नगवाका भुसाल चौरसियालाई ज्यान मार्ने उद्देश्यले कुटपिट गरि घाईते बनाएको आरोपसहित भुसालका दाई विशाल चौरसियाले दिएको जाहेरीको आधारमा जिल्ला अदालत पर्साले वीरगंज महानरपालिका-२५ का वडाध्यक्ष चतुर्वेदीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । वडाध्यक्ष चतुर्वेदीसँगै ट्रांसपोर्ट व्यवसायी बाल कृष्ण पोखरेलविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको खबर सार्वजनिक भएको छ।

मंगलबार जिल्ला अदालत पर्साले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको पर्सा प्रहरीले जनाएको छ।

ट्रांसपोर्ट व्यवसायी पोखरेलले ट्रांसपोर्ट मार्फत तस्करी गरेर छोटो समयमा अकूत सम्पत्ति जोडेको आरोप लाग्ने गरेको चर्चा सुनिदै आएको छ।

पक्राउ पुर्जी जारी भएका वडाध्यक्ष चतुर्वेदी र व्यवसायी पोखरेलले प्रहरी समक्ष आत्मसमर्पण गर्ने हुन् या शक्ति र पैसाको बलमा केश मिलाउने हुन्? आम चासोको विषय बनेको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM