२०८२ माघ १७ गते, शनिबार ०४:५९

आगामी चुनावमा माओवादी दोस्रो हुन्छ: प्रचण्ड

काठमाण्डौ ,

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन आगामी चुनावसम्म जाने निश्चित भएको बताएका छन् । प्रतिनिधिसभाबाट एमसीसी पास भएसँगै गठबन्धनभित्र देखिएको अन्योलता हटेको बताउँदै प्रचण्डले अबचाहिँ गठबन्धन चुनावसम्मै जाने निश्चित भएको बताएका हुन् ।

पार्टीको शुक्रबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै प्रचण्डले देशको राजनीतिले नयाँ कोर्स पक्रिएको बताएको एक नेताले बताए । ‘गठबन्धन टुट्ने हो कि राष्ट्रिय राजनीति नै फेरि अन्योल र प्रतिगमनतिरै जाने हो कि भन्ने महसुश गरिएको थियो ।

त्यसमा एमसीसीसँग भएका मतमतान्तर नै कारक थियो’, प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘गठबन्धन बनाउँदा एमसीसीलाई सर्तको रुपमा राखेको होइन । साझा नीति कार्यक्रममा पनि एमसीसीमा राखिएको होइन । समय बित्दै जाँदा गठबन्धनभित्र एमसीसीको विषयले प्राथमिकता प्राप्त गर्दै गयो । त्यसमा मतमतान्तर भएपनि निकास दिइयो । अबचाहिँ गठबन्धन पनि निर्वाचनसम्म सुरक्षित रहने करिब निश्चित भयो ।’

प्रचण्डले निरन्तर संसदमा अवरोध हुन नसक्ने भन्दै प्रतिपक्षी सदन खुलाउन तयार नभए नयाँ विकल्पमा जानुपर्ने पनि धारणा राखेको ती नेताको भनाइ छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा माओवादी दोस्रो हुने रिपोर्टिङ भएको थाहा पाएको बताएका छन्।

दोस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहिलो काङ्ग्रेस हुने र दोस्रोमा माओवादी हुने आकलन भएको आफूले सूचना पाएको बताए। पहिलो दल कांग्रेस हुन्छ भन्ने रहेछ, दोस्रोमा माओवादी केन्द्र छ तर हामी पहिलो दल बन्नु पर्छ, त्यो संभावना छ, प्रचण्डले बने।

संसदीय राजनीतिमा खारिएका एमाले र कांग्रेस गाउँ गाउँ पुगिसकेकोले आफ्नो पार्टीले अब मिहिनेत गर्नुपर्ने अवस्था रहेको प्रचण्डले बताए। शुक्रबारदेखि राष्ट्रियसभा गृहमा सुरु आठौँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो केन्द्रीय समिति बैठकमा अहिलेसम्मको राजनीतिक परिस्थितिमा सबैभन्दा पहिले रिपोर्टिङ गरिरहेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM