Thursday, November 28, 2024
घरसमाचारअर्थवाणीतीन करोड़ ४९ लाख मूल्य बराबरको सामान बरामद

तीन करोड़ ४९ लाख मूल्य बराबरको सामान बरामद

चन्द्रसूर्य समाचारदाता/
चितवन, १३ फाल्गुण/
वीरगंज नाकाबाट भन्सार राजस्व छली गरि अवैध रुपमा नेपाल भित्र्याईएको दुई करोड़ ३० लाख मूल्य बराबरको सामान प्रहरीले ट्रक सहित बरामद गरेको छ ।

चितवनको खैरेनी नगरपालिका वडा नम्बर–८ बाट प्रहरीले भन्सार छलीको कपडा र फलामको छड बरामद गरेको हो ।

वीरगंजबाट भित्रिएका चार वटा ट्रक चेकजाँच गर्दा ८६ पोका भन्सार छलिको कपडा बरामद गरिएको चितवनका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

फलामको छडभित्र सो कपडा लुकाएर ल्याएको अवस्थामा इलाका प्रहरी कार्यालय खैरेनीका प्रहरी निरीक्षक सुवास भट्ट नेतृत्वको टोलीले सो सामान बरामद गरेको थियो । ट्रकबाट एक करोड ४५ लाख मूल्यको कपडा र ८८ लाख मूल्य बराबरको फलामको छड प्रहरीले बरामद गरेको छ । फलामको छडको चाहिँ बिल बिजक रहेको प्रहरीको भनाई छ ।

प्रहरीले ना ६ख ११३, ना ६ख ११६६, ना ६ख ५०६१ र ना ७ख ९२३४ नम्बरको ट्रक तथा सो ट्रक चालकलाई नियन्त्रणमा लिएको छ । ट्रक र सामान सहित तीन करोड ४९ लाख मूल्याङ्कन गरेर वीरगंज भन्सारमा पठाउन लागिएको एसपी अधिकारीले जानकारी दिए । बरामद सामान बालकृष्ण पोखरेल ग्रुपको रहेको बताइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -