Saturday, March 15, 2025
घरसमाचारपीएम कप : एपीएफसँगको ‘लो स्कोरिङ थ्रिलर’मा पुलिसको जित

पीएम कप : एपीएफसँगको ‘लो स्कोरिङ थ्रिलर’मा पुलिसको जित

१ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ ।

शुक्रबार देउखुरी क्रिकेट रंगशालामा भएको लो स्कोरिङ थ्रिलरमा एपीएफलाई २ विकेटले हराउँदै पुलिसले अपराजित यात्रा कायमै राखेको हो । एपीएफले दिएको ९५ रनको लक्ष्य पुलिसले २६.२ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ३१ रन बनाए । गुल्शन झा १२ रनमा नटआउट रहे । अर्जुन साउदले ११ तथा राशिद खानले १० रन बनाए । सुरुवात राम्रै गरेको भएपनि ५९ रन जोड्दा सेट ब्याटर कुशल भुर्तेल आउट भएपछि पुलिस दबाबमा आएको थियो ।

एपीएफका लागि भुवन कार्कीले ७ ओभरमा ३३ रन दिएर ३ विकेट लिए । अभिषेक गौतम र रोहित पौडेलले २-२ तथा कमलसिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ २७.४ ओभरमा ९४ रनमा अलआउट भएको हो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक २६ तथा लोकेश बमले २२ रन बनाए । आसिफ शेख र अमरसिंह राउटेलाले समान १० रन बनाए ।

एपीएफलाई अलआउट गर्न ललितले ७.४ ओभर बलिङ गर्दा ३ ओभर मेडन राख्दै १८ रन मात्र खर्चेर ६ विकेट लिएका हुन् । सागर ढकाल,करण केसी, गुल्सन झा र कुशल भुर्तेलले १-१ विकेट लिए ।

एपीएफलाई सस्तैमा अलआउट गर्न पुलिसका ललित राजवंशीले ७.४ ओभरमा १८ रन दिएर ६ विकेट लिए । सागर ढकाल, करण केसी, गुल्शन झा र कुशल भुर्ते‍लले १-१ विकेट लिए ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -