२०८२ असार २० गते, शुक्रबार १३:३२

नेपाल विद्यार्थी परिवारले योग्य विद्यार्थी नेतृत्वका लागि अनेरास्ववियुलाई समर्थन गर्ने

काठमाडौं । नेपाल परिवार दलको विद्यार्थी संगठन “नेपाल विद्यार्थी परिवार” ले आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१/८२ लाई स्वागत गरेको छ।

नेपाल विद्यार्थी परिवारका केन्द्रीय अध्यक्ष धर्मी भुसाल “कामना” द्वारा हस्ताक्षरित विज्ञप्तिमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत ६२ आंगिक क्याम्पस र १,०४० सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालन हुन लागेको निर्वाचनलाई संगठनले महत्वका साथ लिएको उल्लेख छ।

विज्ञप्तिमा निर्वाचनका लागि तोकिएको २८ वर्षे उमेर हद तथा मिश्रित निर्वाचन प्रणाली को व्यवस्थाले लोकतन्त्र र युवा नेतृत्वको विकासमा योगदान पुग्ने ठहर गरिएको छ। साथै, स्ववियु निर्वाचन निष्पक्ष, धाँधलीरहित, शान्त र सुरक्षित वातावरणमा सम्पन्न गर्न सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

नेपाल विद्यार्थी परिवारले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का योग्य तथा सक्षम विद्यार्थी प्रतिनिधिहरूलाई देशभर समर्थन गर्ने निर्णय गरेको छ। साथै, सम्पूर्ण शान्तिप्रेमी तथा न्यायप्रेमी विद्यार्थीहरूलाई अनेरास्ववियुको पक्षमा मतदान गर्न हार्दिक आह्वान गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM