२०८३ बैशाख १६ गते, बुधबार १२:०६

पञ्जा लगाएको बिरालोले मुसा मार्न सक्दैन, सेना जाग्ने कि झुक्ने ?

-शेरबहादुर शाह

अहिले देउवा-ओली सरकार श्री ५ महाराजाधिराज ज्ञानेन्द्रलाई पक्राउ गर्ने वा नजरबन्द गर्ने तयारी गर्दैछ भन्ने चर्चा चलिरहेको छ। यदि यो गैरजिम्मेवार तत्वहरूले फैलाएको हल्ला मात्र नभएर सरकारकै सम्भावित योजना हो भने, राजतन्त्रवादीहरूले समेत गर्न नसकेको काम देउवा-ओलीले गरिदिने भएकाले उनीहरूलाई राजतन्त्रका सर्वाधिक शुभचिन्तक तथा पृष्ठपोषकका रूपमा मान्नुपर्ने हुन्छ।

राजालाई पक्राउ गरेर थुनामा राख्नेहरू वास्तवमा राजाले खोजेका पात्र नै हुनेछन्। राजतन्त्रलाई पुनःस्थापित गर्ने जिम्मेवारी स्वयं गणतन्त्रवादी नेताहरूले लिइरहेका छन् भने उनीहरू राजावादीहरूबाट सहस्र धन्यवादका पात्र बन्नेछन्। राजतन्त्रलाई सदाका लागि खारेज गर्न कांग्रेस, एमाले र माओवादीका नेताहरू राजाभन्दा बढी देशभक्त र जनप्रेमी बन्न सक्नुपर्थ्यो।

पानीको विकल्प केवल पवित्र पानी मात्र हुन सक्छ; तेलले पानीको स्थान लिन सक्दैन। तथाकथित गणतन्त्रवादी र लोकतन्त्रवादीहरू राष्ट्र र जनताप्रति सद्भाव राख्न असफल भएकै कारण बहुसंख्यक नेपाली जनता राजतन्त्रको आवश्यकता महत्त्वपूर्ण रूपमा महसुस गरिरहेका छन्।

देशभित्र कुन-कुन किसिमका विदेशी नागरिक आएका छन्, उनीहरू कहाँ के गरिरहेका छन् भन्ने विषयमा निगरानी राख्ने जिम्मेवारी नेपाली सेनाको हो। तर राजतन्त्र खारेजीपछि सेना हातमा पञ्जा लगाएको बिरालो सरह भएको छ। “पञ्जा लगाएको बिरालोले आफ्नै लागि पनि मुसा मार्न सक्दैन” भन्ने विश्वप्रसिद्ध उखान छ। आफूलाई बाघका सन्तान ठान्ने नेपाली सेनाभित्रका दमुराहरूले अब हातमा लगाइदिएको पञ्जा च्यातेर फ्याँक्ने बेला भएको छैन र?

शाहको फेसबुकवालबाट साभार

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM