Friday, March 7, 2025
घरसमाचारवीरगंज गोल्डकपः सहलेश सिराहालाई पराजित गर्दै मच्छिन्द्र क्लब काठमाडौँ फाइनलमा 

वीरगंज गोल्डकपः सहलेश सिराहालाई पराजित गर्दै मच्छिन्द्र क्लब काठमाडौँ फाइनलमा 

बीरगंज । वीरगंजको आदर्शनगर रङ्गशालामा जारी वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता, २०८१ अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा मच्छिन्द्र युवा क्लब काठमाडौँले सहलेस फुटबल क्लब सिराहालाई १ का विरुद्ध ३ गोलले पराजित गरी फाइनलमा प्रवेश गरेको छ । 

निर्धारित ९० मिनेटको प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफको १० आँै र १३ औँ मिनेटमा लगातार मच्छिन्द्र फुटबल क्लबका जर्सी नम्बर ९ का विदेशी खेलाडी स्टेफन जलीले २ गोल गरी टिमलाई अग्रता दिलाएका थिए । 

त्यसैगरी खेलको ६५ औँ मिनेटमा समेत मच्छिन्द्रका जर्सी नम्बर २४ का खेलाडी आदित्य शाक्यले थप १ गोल गरेपछि मच्छिन्द्रले ३ गोलले अग्रता लिएको थियो । 

खेलको अन्तिम अवस्थामा थप गरिएको इन्जुरी समयमा सहलेश फुटबल क्लबका जर्सी नम्बर १६ का विदेशी खेलाडी बेरी ब्रहामिनले १ गोल गरेका थिए ।

सहलेश फुटबल क्लब सिराहालाई पराजित गरेसँगै मच्छिन्द्र क्लब प्रतियोगिताको फाइनलमा प्रवेश गरी आगामी फागुन २४ गते हुने फाइनल खेलमा नेपाल पुलिस क्लब काठमाडौँ सँग भिड्ने पक्का भएको छ । 

आज सम्पन्न खेलमा मच्छिन्द्र क्लबका २ गोल गर्ने जर्सी नम्बर ९ का विदेशी खेलाडी स्टेफन जली  उत्कृष्ट खेलाडी घोषित भई १० हजार नगद पुरस्कार समेत प्राप्त गरेको आयोजक भेट्रान्स सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

गत फागुन १७ गते बाट बीरगंजमा शुरु भएको मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत प्रथम हुने टोलीले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र  दोस्रो हुनेले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सबिन बस्नेतले जानकारी दिनुभयो । 

प्रथम वीरगञ्ज गोल्ड कप फुटबल प्रतियोगिता २०८० को विजेता नेपाल पुलिस क्लब बनेको थियो । 

यसपटक समेत पुलिस र मच्छिन्द्र बिचको फाइनल खेल प्रतिस्पर्धात्मक हुने अध्यक्ष बस्नेतले बताउनुभयो । 

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -