२२ फागुन, काठमाडौं । सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५० रुपैयाँ रहेको चाँदी आज १९८५ रुपैयाँ कायम भएको छ ।