Thursday, March 6, 2025
घरसमाचारमाओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

माओवादीको तराई-मधेश केन्द्रित अभियानको कार्यक्रम तालिका हेरफेर

२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले सुरु गरेको ‘जनतासँग माओवादी : तराई-मधेश जागरण अभियान’ को समय तालिका हेरफेर भएको छ ।

पार्टीका जनसंगठनके भेलालगायतका कार्यक्रम परेकाले अभियानको समय तालिकामा केही हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।

नयाँ कार्यक्रम तालिका अनुसार अभियानको तयारी गर्न भन्दै माओवादीले मातहतका पार्टी संगठनलाई सर्कुलर पठाएको छ ।

नयाँ समय तालिका अनुसार आज बिहीबार महोत्तरी, २३ गते सर्लाही, २४ गते रौतहट, २५ गते बारा र २६ गते पर्सामा कार्यक्रम हुनेछ ।

यस्तै बागमती प्रदेशअन्तर्गत चितवनमा २७ गते कार्यक्रम आयोजना गरिएको छ । यसबीचमै २८ गते अध्यक्ष प्रचण्डसहितका बुटवलमा मगर मोर्चाको उद्घाटनमा सहभागी हुनेछन् ।

चैत २ गते नवलपुर (नवलपरासी पूर्व),  ३ गते परासी (नवलपरासी पश्चिम) मा कार्यक्रम हुनेछ ।

चैत ४ गते रुपन्देही, ५ गते कपिलवस्तु, ६ गते दाङ, ७ गते बाँके र ८ गते बर्दियामा कार्यक्रम राखिएको छ । यसबीचमै ९ गते जनकपुरमा समाजवादी मोर्चाको जनसभामा नेताहरु सहभागी हुनेछन् ।

अभियान अन्तर्गत सुदूरपश्चिममा चैत ११ र १२ गते कार्यक्रम आयोजना हुनेछ । ११ गते कैलाली र १२ गते कञ्चनपुरमा कार्यक्रम गरेर अभियान सकिने माओवादीले जनाएको छ ।

यसअघि माओवादीले जनतातिर फर्किने भन्दै यही फागुन ५ र १७ गते कार्यक्रम तालिका सार्वजनिक गरेको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -