Friday, February 28, 2025
घरसमाचारसावित्रा र रेखा क्लब फुटबल खेल्न फर्किए, एन्जिला शुक्रबार जाने

सावित्रा र रेखा क्लब फुटबल खेल्न फर्किए, एन्जिला शुक्रबार जाने

१५ फागुन, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्डद्वय सावित्रा भण्डारी साम्बा र रेखा पौडेल क्लब फुटबलका लागि सम्बन्धित देश फर्किएका छन् ।

नेपाली राष्ट्रिय टोलीबाट खेल्न नेपाल फर्किएका उनीहरू बुधबार अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सकिएसँगै पुनः क्लब फुटबलका लागि फर्किएका हुन् ।

साम्बा फ्रान्स र रेखा युएई प्रस्थान गरेकी हुन् । साम्बाले फ्रान्सको एन अभेन्ट गुनगाम्प र रेखाले अबुधाबी कन्ट्री क्लबबाट खेल्दै आएकी छन् । उनीहरू दुवैलाई बिहीबार एन्फाका पदाधिकारीहरूले बिदाई गरेका थिए ।

कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने शुक्रबार प्रस्थान गर्ने एन्फाले जनाएको छ । एन्जिला ग्रीक क्लब निस अट्रोमिटौमा आबद्ध छिन् ।

एन्जिलाको जीवनीमा आधारित तथा उनी आफैं अभिनित चलचित्र एन्जिला अब केही दिनमा प्रसारणमा आउँदै छ । त्यस चलचित्रको पनि प्रिमियर भोलि नै छ । यद्यपी एन्जिलाको सोही समयमा उडान तय भएको स्रोतले जनाएको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको थियो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -