२०८३ असार ४ गते, बिहीबार २३:५०

रेनुका इन्टरनेसनल वुमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित

१४ फागुन, काठमाडौं । नेपाली महिला फुटबल टिमकी मिडफिल्डर रेनुका नगरकोटे बुधबार सम्पन्न वुमन्स च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

अवार्डसँगै उनले नगद ५० हजारको चेक प्राप्त गरिन् । उनले तेस्रो खेलमा नियमित कप्तान एन्जिला पहिलो रोजाइमा नखेल्दा टिमको कप्तानी समेत गरेकी थिइन् ।

अवार्ड जितेपछि उनले प्लेअर अफ दि टुर्नामेन्ट जित्नेबारे एक्सपेक्ट नगरेको बताइन् । ‘खुशी छु, मैले गरेको मिहिनेतको फल जस्तो लाग्छ’ उनले भनिन्, ‘चोटबाट ब्याक हुँदा सपोर्ट पाइनँ, त्यो बेला सपोर्ट पाएको भए राम्रो हुन्थ्यो होला।’

बुधबार भएको फाइनलमा नेपाललाई हराएर म्यानमारले उपाधि जितेको छ ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM