Wednesday, February 26, 2025
घरसमाचारइजरायलले गर्‍यो दक्षिणी सिरियामा हवाई हमला, निसानामा सैन्य केन्द्र र हतियार भण्डार

इजरायलले गर्‍यो दक्षिणी सिरियामा हवाई हमला, निसानामा सैन्य केन्द्र र हतियार भण्डार

१४ फागुन, काठमाडौं । इजरायलले सिरियाको दक्षिणी क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ। इजरायली सेनाका अनुसार, मंगलबार अबेर राति भएको आक्रमणमा सिरियाली सैन्य आधारहरू, मुख्यालय तथा हतियार भण्डारलाई लक्षित गरिएको थियो।

सिरियाली टेलिभिजनका अनुसार, इजरायली लडाकु विमानहरूले दमास्कसबाट करिब २० किलोमिटर दक्षिणमा रहेको किसवेह सहरमा हमला गरेका थिए।

इजरायली रक्षा मन्त्री इजरायल काट्जका प्रवक्ताले यसबारे आधिकारिक धारणा सार्वजनिक गर्दै भने, ‘इजरायलको दक्षिणी सिरियामा स्थायित्व कायम गर्ने नीति अनुरूप, हाम्रो सेना त्यहाँ आक्रमण गरिरहेको छ।’

उनले थपे, ‘हामी दक्षिण सिरियालाई दक्षिण लेबनान जस्तो बन्न दिंदैनौं ।’

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -