Wednesday, February 26, 2025
घरसमाचार१४औं दक्षिण एसियाली खेलकुदको नयाँ मिति तोकियो, २०२६ को जनवरीमा हुने

१४औं दक्षिण एसियाली खेलकुदको नयाँ मिति तोकियो, २०२६ को जनवरीमा हुने

१३ फागुन, काठमाडौं । १४औं दक्षिण एसियाली खेलकुद (साग) को मिति तय गरिएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) ले पाकिस्तानमा हुने भनिएको १४औं सागको मिति मंगलबार सार्वजनिक गरेको हो ।

एसएओसीको मंगलबार पाकिस्तानमा बसेको बैठकले सन् २०२६ को जनवरी २३ देखि ३१ सम्म १४औं साग आयोजना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटी (एनओसी) ले जनाएको छ ।

१४औं सागका खेलहरु पाकिस्तानका तीन सहहरू लाहोर, इस्लामाबाद र फैसलाबादमा आयोजना गरिने पनि निर्णय भएको छ ।

पाकिस्तानमा भएको बैठकमा नेपालसहित ६ राष्ट्रका ओलम्पिक कमिटीका पदिधकारी सहभागि भएपनि भारतको प्रतिनिधि भने अनलाइनमार्फत सहभागिता रहेको एनओसीले जनाएको छ ।

भारत र पाकिस्तानको सम्बन्धका कारण १४औं सागको मिति पटक-पटक तोकिँदै सर्दै आएको छ । त्यसैले अहिले तोकिएको मितिमा पनि १४औं साग हुनेमा धेरैको शंका छ । त्यसमा पनि भारतका खेलाडी पाकिस्तान गएर साग खेल्ने सम्भावना समेत कम छ ।

सन् २०१९ मा नेपालमा भएको १३औं सागको समापनका दौरान १४औं साग सन् २०२१ मा पाकिस्तानले बयोजना गर्ने गरी झन्डा हस्तान्तरण भएको थियो । साग हरेक दुई-दुई वर्षमा आयोजना हुनुपर्ने भएपनि ६ वर्ष पुरा हुन लाग्दा पनि १३औं पछि अर्को संस्करण हुन सकेको छैन ।

यसैगरी १४औं सागमा कुल २९ खेल समावेश हुने र २७ खेलको निर्णय पनि भएको एनओसीले जनाएको छ । २ खेल भने आयोजक राष्ट्रका नाताले पाकिस्तानले थप्न पाउनेछ । चार भन्दा कम राष्ट्रको सहभागिता रहेमा खेल हटाइनेछ ।

खेलको विस्तृत विवरण बारे छलफल गर्नका लागि अर्को बैठक मार्च बस्ने र प्राविधिक पुस्तिका अप्रिल अन्त्यसम्म वितरण गरिने पनि बेठकले निर्ण गरेको एनओसीले जनाएको छ।

एसएओसीको विधान संशोधन समिति पनि गठन भएको छ । समितिको सदस्यमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र श्रीलंका ओलम्पिक कमिटीका अध्यक्ष सुरेनदारम सुब्रमन्यम रहेका छन् । ‌

श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्दै बैंठकमा सहभागि भएका छन् । तर पुसमा अनलाइनमार्फत भएको एनओसीको निर्वाचनलाई अहिलेसम्म नेपाल सरकारले मान्यता दिएको छैन ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -