Tuesday, February 25, 2025
घरसमाचार‘लाज शरणम्’लाई १८० शो, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ले कति पाए ?

‘लाज शरणम्’लाई १८० शो, ‘फेरि रेशम फिलिली’ र ‘मायावी’ले कति पाए ?

काठमाडौं । देशभरका हलले बुधबारदेखि प्रदर्शन हुन लागेका ३ नेपाली फिल्मको ‘एड्भान्स टिकट बिक्री’ थालेका छन् । शो तालिका समेत सार्वजनिक गरिएको छ ।

‘लाज शरणम्’ले देशब्यापी १८० हाराहारीमा शो पाएको छ । क्यूएफएक्सले देशभरका चेनबाट कुमार कट्टेल निर्देशित फिल्मलाई ६५ शो उपलब्ध गराएको छ ।

‘फेरि रेशम फिलिली’ले देशभर १३६ हाराहारीमा शो पाएको छ । ‘मायावी’ले १०८ हाराहारीमा शो पाएको छ । अहिले पनि छावा, क्याप्टेन अमेरिका, ताण्डवम, रंगी, दुखी आत्मा, देवा, ममी लगायतका फिल्म चलेकाले पनि शो विभाजन हुनेछ ।

एड्भान्स टिकट विक्रीमा अन्य दुईभन्दा ‘लाज शरणम्’ अघि देखिएको छ । यो समाचार लेख्दासम्म कतिपय हलमा ‘लाज शरणम्’ सोल्डआउट हुने विन्दुमा पुगेको देखिएको छ । मंगलबार बेलुकासम्म अकुपेन्सी अझै वृद्धि हुने देखिन्छ ।

प्राप्त शो संंख्या र अग्रिम टिकट बिक्री हेर्दा फिल्मको ओपनिङ कलेक्सन निर्भर हुने देखिन्छ । यी तीनै फिल्मले पाएको शो संख्या उत्साहजनक हो । अब यी तीनै फिल्मसामु बलियो वर्ड अफ माउथ प्राप्त गर्नुपर्ने चुनौति छ । ‘लाज शरणम्’ र ‘फेरि रेशम फिलिली’ सोसल कमेडी ड्रामा हुन् भने ‘मायावी’ रोमान्टिक ड्रामा हो ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -