Tuesday, February 25, 2025
घरसमाचारप्रिमियरमा ‘मायावी’ हेरेपछि राजेश हमाल : ‘फिल्म क्षेत्र चलायमान बनाउन सक्छ’

प्रिमियरमा ‘मायावी’ हेरेपछि राजेश हमाल : ‘फिल्म क्षेत्र चलायमान बनाउन सक्छ’

काठमाडौं । अभिनेता राजेश हमालले बुधबारदेखि प्रदर्शन हुने फिल्म ‘मायावी’ले नेपाली फिल्म क्षेत्रलाई नै चलायमान बनाउने बताएका छन् । प्रिमियर समारोहमा सहभागि हुन सोमबार बेलुका कीर्तिपुरस्थित हलमा पुगेका हमालले उक्त कुरा बताएका हुन् ।

फिल्म हेरेपछि उनले भने, ‘फिल्ममा हरेक कुरा छ । कथावस्तुले मन छुन्छ । गीतसंगीतको प्रयोग उत्कृष्ट तरिकाले गरिएको छ । ब्याकग्राउन्ड म्युजिक उत्कृष्ट छ । कलाकारले राम्रो काम गरेका छन् । मायावीले बजार तताउने कुरामा विश्वस्त छु ।’

हमालले अघि भने- ‘मैले अहिलेसम्म हेरेको लभस्टोरीमा यो बेग्लै छ । यो कसरी सकिन्छ भन्ने पनि थाहा पाउन सकिँदैन । मान्छेको मन नै त हो नी, जता पनि जान सक्छ भन्ने देखाएको छ । यो लभस्टोरी फिल्म विशेष छ ।’

हमालले प्रस्तुति पनि मनपरेको बताए । निर्देशक दिवाकर भट्टराइको पछिल्लो फिल्म ‘नरसिंहा अवतार’मा काम गरेका हमालले भने- ‘मलाई उहाँ कस्तो मेकर हो भन्ने लागेको थियो । तर, यसको मेकिङ निकै राम्रो छ । यसैले, दिवाकरजीलाई बधाई दिन चाहन्छु ।’

प्रिमियरमा निर्देशक ज्ञानेन्द्र देउजा, पूर्वमिस नेपाल उषा खड्गी, कलाकार सनिशा भट्टराई, उषा उप्रेती, रामकृष्ण ढकाल लगायत पुगेका थिए । फिल्मका मुख्य कलाकार दीपिका प्रसाई, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, सुशिल सिटौला, राजाराम पौडेल, अंशु महर्जन, समीम खान पनि पुगेका थिए ।

अभिनेता पल शाह भने अर्को एक फिल्मको छायांकनको लागि रोल्पामा भएकाले प्रिमियरमा सहभागि हुन सकेनन् । धु्रव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानीमा तयार भएको फिल्मले पोखराको सेरोफेरोमा रहेर कथा भन्छ ।

फिल्ममा प्रविण भट्टराई र करण सिंह कार्यकारी निर्माता, राजु पराजुली र सुमित वली सहनिर्माता छन् । क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जन पनि यसका लगानीकर्ता हुन् । यो फिल्मको एड्भान्स टिकट विक्री सुरु भएको छ । फिल्मले सुखद शोज पाएको छ ।

साभार लिंक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -