२०८३ असार ५ गते, शुक्रबार १३:३२

केपी ओली कपमा आज दुई खेल, एपीएफ र संकट क्लब बीच पहिलो खेल




काठमाडौँ । जारी केपी ओली कप फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुने छन्।

आजको पहिलो खेल एपीएफ क्लब र संकट क्लब बीच हुनेछ। यसअघि आइतबार सम्पन्न उद्घाटन खेलमा एपीएफले उज्बेकिस्तानको ब्ल्याक बुल्सलाई टाई ब्रेकरमा हराएर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको थियो। यो खेल बिहान ११:३० बजे सुरु हुनेछ।

त्यसै गरी, दोस्रो खेल मछिन्द्र क्लब र भुटानको क्लब ट्रान्सपोर्ट युनाइटेड बीच हुनेछ, जुन अपराह्न ३ बजे सुरु हुनेछ। दुवै खेल एन्फा कम्प्लेक्समा आयोजना हुनेछन्।

यसअघि सोमबार सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिसलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो भने केपी ओली एफसीले न्यूरोड टिमलाई हराएर सेमिफाइनलमा पुगेको छ।

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM