२०८३ असार ७ गते, आईतवार १७:१५

हलेसीका अन्य घरमा पनि फैलियो आगो, दमकल नहुँदा नियन्त्रणमा सकस

४ फागुन, काठमाडौं । खोटाङको हलेसी बजारमा आगलागी नियन्त्रणको प्रयास जारी छ ।

आइतबार साँझ एउटा हार्डवेयर पसलबाट निस्किएको आगो छेउमा रहेका दुईवटा टहरा र एउटा पक्की घरमा पनि पुगेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले अनलाइनखबरलाई जानकारी दिए ।

उनका अनुसार दमकल नहुँदा आगलागी नियन्त्रणमा समस्या भएको छ । ‘आगलागी नियन्त्रण भइसकेको छैन, हामी प्रयासमै छौं,’ उनले भने ।

अहिले ट्यांकर र डोजरको सहयोगमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय युवाहरू मिलेर आगलागी नियन्त्रणको प्रयास भइरहेको उनले बताए ।

‘हार्डवेयर पसल त पूरै सकिसक्यो, लगत्तै त्यसको साइडमा रहेको एउटा पक्की घरमा क्षति भएको छ,’ प्रजिअ कार्कीले भने, ‘साइडका अन्य दुईवटा टहरामा पनि क्षति भएको छ ।’

अहिलेसम्म मानवीय क्षति भएको छैन ।

‘दमकलहरू त छँदैछैन । त्यही भएर नियन्त्रणमा समस्या भएको हो,’ घटनाबारे जानकारी गराउँदै उनले भने, ‘हामी ट्यांकर र थापेको पानीबाट नियन्त्रण गर्ने प्रयास गर्दैछौं ।’

साभार लिंक

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM